युवराज खतिवडा
बुद्धशान्ति–३, बुधबारे झापा
केही स्यालहरू, केही ब्वाँसाहरू
केही सिंहहरू, केही बाघहरू
केही सापहरू, केही गिद्धहरू
केही चीलहरू, केही बाजहरू
एकलट शिकार गरेर
फेरि अर्कोलट शिकारका निम्ति उद्धत भएर
अघि बढ्दै छन् अग्रगमनको मुद्धा लिई
एक हूल भएर एकभारी दाह्रा लुकाएर
भर्खर भर्खरै एउटै गुफामा बस्ने उद्घोष गरेसँगै
कहिल्यै नछुट्टिने लिखित मञ्जुरीनामा पनि देखाइरहेका छन् ।
फेरि एकलट चराहरू
फेरि गाईभैंसी भेडा बाख्राहरू
खुशीले गद्गद भएर मनको लड्डु घिउसँग खाइरहेछन्
बलीको बोको जसरी
हेर त बिचराहरू क्या मुस्कुराइ रहेछन् ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |