Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १६, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सर्वाेच्चको अन्तरिम आदेशले चुनौती थपेको छ ः प्रमुख भण्डारी

प्रभातफेरी अनलाइन १२८ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २१, बुधबार (३ महिना अघि)
सर्वाेच्चको अन्तरिम आदेशले चुनौती थपेको छ ः प्रमुख भण्डारी

काभ्रे । पनौती नगरपालिकाले उठाउँदै आएको वैकल्पिक सडक सेवा शुल्क दस्तुर विरुद्ध परेको रिटलाई लिएर सर्वाेच्च अदालतले पनौती नगरपालिकाका नाउँमा अन्तरिम आदेश जारीका सवालमा नगर प्रमुख भण्डारीले चुनौती थपेको तर्क गर्नुभएको छ ।
जुन आदेश सर्वाेच्चले दिएको छ, यसले नगरलाई त समस्या नपर्ला तर व्यवसायीहरुलाई भने पक्कै पर्ने छ । किनकी अहिले व्यवसायीहरुले जुन किसिमबाट उपयोग गरिराख्नुभएको छ, त्यसको वैकल्पिक व्यवस्था नहुने हो भने समस्या जटिल भएर आउनेछ । तब त्यतिबेला अन्तरिम आदेशको बारेमा आँखा खुल्नेछन् भन्ने विश्वास नगरले लिएको प्रमुख भण्डारीको टिप्पणी छ ।
न्यायपालिकाभन्दा माथि नगरपालिका रहने कुरै भएन । त्यसैले न्यायपालिकाको निर्देशनलाई अक्षरसतः पालना गर्दै समृद्ध नगर बनाउनका लागि कटिबद्ध रहनेछौं तर स्थानीय समस्या सम्बोधनका सवालमा पनौती नगरपालिका नगरवासीलाई सर्वाेपरी ठान्दछ । त्यसका लागि कुनै किसिमका सम्झौताहरु गर्ने छैन भन्न प्रमुख भण्डारी पछि पर्नु भएन । शुल्क नउठ्दैमा नगरले सुरु गरेका योजनाहरु रोकिने छैनन् । अझ मजबुद किसिमले योजनाहरुलाई अगाडि बढाउने छौं र वैकल्पिक सडकलाई समय सीमाभित्रै सुचारु गर्न नगर कटिबद्ध रहेको समेत प्रमुख भण्डारीको किटानी थियो ।
यस किसिमको न्यायिक फैसलाबाट पनौती नगरपालिकालाई चुनौतीको कठघरामा उभ्याइदिएको छ । जसका कारण पनौती नगरपालिकाको आन्तरिक आम्दानीमा करोडौंको क्षति व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसबाट स्थानीय सत्ता सञ्चालन ऐनलाई न्यायपालिकाले अंकुश लगाउने काम भएको सरोकारवालाहरुको दाबी छ ।
०६२÷०६३ को जनआन्दोलन, १० वर्षे जनयुद्धको जगमा बनेको संघीय संरचनाअनुसार प्राप्त अधिकारहरुलाई कुण्ठित गर्ने काम यस फैसलाले गरेको सरोकारवालाको ठम्याई छ । सो विषयमा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नहकुल सुवेदीको संयुक्त इजलासले पनौती नगरपालिकालार्ई दोहोरो कर नउठाउन अन्तरिम आदेश दिएको उल्लेख छ ।
बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ विपरित कर उठाएको भन्दै सर्वाेच्चमा रिट दायर गरेका थिए । न्यायाधीशद्वय फुयाँल र सुवेदीले जारी गरेको आदेशमा आफ्नो क्षेत्रभन्दा बाहिरबाट आएका खानीजन्य सामग्रीमा कर उठाउनु नेपालको संविधानको धारा २३६ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २६२ (२) विपरित रहेको भनिएको छ । यसबाट उत्पन्न हुने समस्याका बारेमा नगरपालिकाले सहज रुपमा अवस्थालाई सम्बोधन गर्ने विश्वास नगरवासीले लिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
पनौती सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0