Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ३०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सामुदायिक विद्यालयका बालबालिकाप्रति लायन्सको चासो

प्रभातफेरी अनलाइन ७७७ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २७, मंगलबार (३ साल अघि)
सामुदायिक विद्यालयका बालबालिकाप्रति लायन्सको चासो

काभ्रे । लायन्स क्लबको दायित्वलाई समाजलाई कसरी प्रस्तुत गर्छ भन्ने उदाहरण अम्बिका आधारभूत विद्यालय पनौतीमा देखिएको छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुले आफूलाई कसरी अध्ययनप्रति समर्पित गरेका छन् भन्ने प्रतिनिधिमुलक पात्रका रुपमा शुक्रबार अनुभूत गराएका छन् । लायन्स क्लबको सामाजिक जिम्मेवारी अन्तर्गत पर्ने स्टेशनरी र खेलकुद सामग्री सहित विद्यालय प्रांगणमा पुगेको टोलीप्रति विद्यालय परिवारले देखाएको सद्भाव देख्दा कसको मन नछोला ? सोही सद्भावकै उपज हुनुपर्छ, विद्यालयमा कार्यरत शिक्षकहरुले थाइल्याण्ड भ्रमणको निम्तो पाउनुभएको छ । लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर ३२५ आइ नेपालको सहकार्यमा अम्बिका आधारभूत विद्यालयमा अध्यापन गराउने शिक्षकलाई अध्ययन भ्रमणका लागि उक्त अवसर प्राप्त भएको लायन्स क्लबका अध्यक्ष लायन डायमण्ड थापाले कार्यक्रममा जानकारी गराउनुभएको छ ।
विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि एक सय एक सेट स्टेशनरी, भलिबल, फुटबल, स्किपिङ र पम्प लगायतका सामग्री एक समारोहबीच हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रमको प्रमुख आतिथ्यता लायन्स क्लब अफ इन्टरनेशनल ३२५ आइ नेपाल जोन २४ का जोन चियर पर्सन लायन प्रल्हाद शर्मा हुमागाईंको आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका प्रअ नारायण थापाले आज जुन सहयोग प्राप्त भएको छ, यो पनि एक किसिमको मानवीय कार्यप्रति सम्बोधन गर्ने शब्द आफूसँग नभएको चर्चा गर्नुहुँदै आफ्नो विद्यालयमा मुलुकका विभिन्न कुनाकन्दराका बालबालिकाहरुको अध्ययन गर्ने थलो रहेको खुलासा गर्नुभएको छ । मजदुरीका क्रममा रुकुम, रोल्पा, दैलेख, जुम्ला लगायतका बालबालिकाहरुले यो विद्यालय थेगेको खुलासा गर्नुहुँदै यस विद्यालयमा आइपुग्ने सहयोगले सिंगो मुलुकको प्रतिनिधित्व हुने बताउनुभएको छ ।
स–साना नानीबाबुहरुका लागि न्यानो कपडातर्फ इंकित गर्दैगर्दा लायन्सले त्यो पनि छिट्टै पूरा गर्ने आश्वासनतर्फ खुलेर प्रअ थापाले प्रशंसा गर्न पछि पर्नु भएन । आफ्नो विद्यालयमा विभिन्न ज्याला, मजदुरी गर्ने मजदुरहरुका बालबालिका मात्र अध्ययन गर्ने थलोको रुपमा परिचित भएको र यसका लागि लायन्स क्लबले तिर्न नसकिने ऋण लगाएकोमा क्लबको यो अनुकरणीय गुण हामी तिर्न त सक्दैनौं तर पनि कहिल्यै भुल्ने छैनौं भन्नुभयो । उक्त कार्यक्रममा लायन्स क्लबका प्रतिनिधिहरु लायन कमल कुईंकेल, लायन नवराज अधिकारी, लायन रचना मोक्तान लगायतका सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा हस्तान्तरण गरिएको स्टेशनरी र खेलकुद सामग्रीहरुको प्रायोजन सबल स्टेशनरीका प्रोपाइटर मदन न्यौपानेले गर्नुभएको थियो । उक्त सामग्रीका बारेमा न्यौपानेको कथन छ– सहयोग सानै होस् तर सम्बन्धित पक्षले अनुशरण गर्ने हुनुपर्दछ । जुन सहयोगबाट दाताहरुलाई आत्मसन्तुष्टि मिलोस् । त्यो आत्मसन्तुष्टि आफूलाई आज प्राप्त भएको स्मरण गराउनुहुँदै कसैका लागि यो सहयोगले मार्ग प्रशस्त गर्न सक्नेमा आफू आशावादी रहेको बताउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
पनौती सम्बन्धि थप
  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0