Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २०, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सम्पादकको कलम….

प्रभातफेरी अनलाइन ११६२ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष १२, मंगलबार (३ साल अघि)
Post Thumbnail

फलेको फलको हाँगा नुहिनु स्वभाविकै हो, लटरम्मै फलेको फलको रुखमा झटारो हान्नु नौलो होइन । आशामुखीहरूले आशै आशामा समय व्यतीत गर्नु त्यति नौलो हैन । आशा देखाएर पुर्ती नगर्नु कमजोरी मानिन्छ आशा देखाउनेहरू । बाँस जति अग्लो हुन्छ त्यति निहुरिन्छ तर घमण्डीको पोकोको साथमा रमाइरहने व्यक्तिको लागि बेल पाक्दा कागलाई हर्ष न विस्मत सरह नै हो बाँसको उदाहरणहरू । प्लास्टिकको लंगौटी लगाएर लाज छोपेको छु भनेर दम्भ गर्नेहरूले गर्दा समाज आक्रान्त भएको छ ।
राजनीतिको माध्यमबाट मुलुकमा आमूल परिवर्तन चाहनेहरू राजनीति कर्मीहरूको दम्भ घमण्डले गर्दा निराशामा परिणत भएका छन् । राजनीतिक यात्रामा पाइला अगाडि बढाउनेहरू पछिल्लो समयमा मुलुकको हितको लागि सोच नै छैन । केवल पद लुलोप्त‚ खुराफाती गर्दै सक्षम लाई किनारा लगाउँदै असक्षमता भिड बटुल्ने मै व्यस्त ।
आखिर घमण्ड के का लागि थाहा छैन राजनीतिको मोड कहाँ पुगेर टुंगिन्छ ? दम्भ र अहङ्कारले कस्तो परिणाम ल्याउँछ भन्ने विषयमा अध्ययनको कमीले गर्दा राजनीतिमा मात्रै नभएर अन्य क्षेत्रमा समेत समस्या निम्तनु नौलो होईन । विगत लामो इतिहासलाई नियाल्दै गर्दा दम्भकै कारण खरानी हुनुपरेको धेरै उदाहरणहरू इतिहासको पननाहरुमा सजिएकै छ । पदीय दम्भले गर्दा पद नभएको समयमा कमाएको प्रतिष्ठा तुवालो लाई हावाले उडाएजस्तो उडाएको धेरै बिषिस्ट व्यक्तित्वहरूमा नभएको होइन । म मात्रै राम्रो म भए सब ठिक अन्य भए नराम्रो भन्ने कु तर्कले गर्दा हर क्षेत्र तहस नहस भएकै छ । जिम्मेवारी र अवसर सक्षम क्षमतावान व्यक्तित्वहरू पोल्टामा पनि पुग्नुपर्छ भन्ने सोचको खरेडीले गर्दा भुँइका टिप्न खोज्दा पोल्टामा भएको पोखिन्छ भन्ने चेतको अभाव नै अदूर दृष्टिता हो ।
पछिल्ला समयमा सङ्गठनमा देखिएको अराजकताले क्षमतावानको पहिचानको अभावले गर्दा अक्षमको लर्को‚ सक्षम छायामा मौन बस्नुको विकल्प रहेन । जसको परिणाम नकारात्मक आउनु अस्वभाविक रहेन । वास्तवमा संगठनको महत्व साँगठनिकहरुका बिचमा सहकार्य गर्दै एक आपसमा भाइचाराको सम्बन्ध कायम गर्दै दर्बिलो बन्दै संगठनको उद्देश्य पूर्ण गराउनु हो । तर पछिल्लो समयमा संगठनको कार्य भनेको साँगठनिकहरुका बिचमा तिक्तता कायम गर्दै उछितो काट्नेमा मौलाउदै गयो । जसको कारण सङ्गठन मजबुत हुनुको अलावा खिया लागेको फलाम झै कमजोर हुँदै गएको छ ।
संगठनको महत्व के हो ? भन्ने विषयमा माहुरी उदाहरणीय छ । माहुरीको जस्तै सङ्गठित हुने कार्यमा संगठनहरू अगाडि बढ्ने हो भने सङ्गठित हुनुको महत्व रहन्छ । माहुरीको विनासहुने बेलामा आफू आफूमा जुधेर नष्ट हुन्छ । त्यस्तै आफू आफूमै घात गर्दै घिनलाग्दो ढङ्गको खुराफाती गर्दै सिध्याउने ढङ्गको पछिल्लो राजनीतिक घृणित खेलले गर्दा राजनीतिमा लामबद्ध भएकाहरूको विश्वास गुमेको छ । राजनीतिक वृत्तमा प्रतिपक्षको खतरा भन्दा आन्तरिक रूपको संयन्त्रसँग सचेत हुन नसक्दा असफल भएको धेरै उदाहरणहरू नभएका हैनन् ।
“बुद्धिमान देखेर चेत्छ‚ घमण्डी भोगेर चेत्छ” अन्य पलहरूले विगतलाई नियाल्दै साथै हालै सम्पन्न आम निर्वाचनको परिणामको मूल्यांकन गर्दै निर्णयमा पुग्दै गर्दा नेपाली काँग्रेस भने आन्तरिक षड्यन्त्र साथै अहंकारी स्वभावलाई निरन्तरता दिँदा पुर्ण रुपमा असफल हुन पुग्यो । “मै खाऊ मै लाउँ मैं लाउँ सुख सयल मोज मैं गरूँ” भन्ने सोचका साथ अगाडि बढ्दा नेपाली काँग्रेस राजनीतिक अवस्था उँदो गतिमा परिणत हुन पुगेको छ । आम निर्वाचनमा होमिँदै गर्दा गठबन्धनका दलहरू बिचमा भएको सहमति लतार्दा समस्या खडा भएको हो । पार्टीको गल्ती कमजोरीका कारण सङ्घदेखि प्रवेशसम्म कांग्रेस विपक्षमा बस्नुपर्ने अवस्था आएको छ । ’कांग्रेस अब राष्ट्रिय राजनीतिमा नयाँ भूमिकामा प्रवेश गर्नुको विकल्प छैन । कांग्रेस केन्द्रदेखि प्रदेश सबैतिर विपक्षमा बस्नुपर्ने वातावरण कांग्रेस आफैले सृजना गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समसामहिक सम्बन्धि थप
  • विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

  • स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

  • दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

  • Post Thumbnail

    भाषा जोगिनु भनेको इतिहास जोगिनु हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0