Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

क्रान्ति

प्रभातफेरी अनलाइन ५६ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष १२, मंगलबार (२ महिना अघि)
क्रान्ति

सुमिना

ऊ
भनिरहन्छ क्रान्ति
जपिरहन्छ क्रान्ति
धर्मग्रन्थको स्तुतिजस्तै
ध्यानस्थ भएर

उसलाई थाहा छैन
क्रान्ति कुनै शास्त्रीय मन्त्र होइन
जसलाई आँखा बन्द गरेर अचेतन मनले पुकारिन्छ
क्रान्ति कुनै सुरिलो भाका होइन
जसलाई मन्त्रमुग्ध भएर गाइन्छ

तर ऊ
बेखबर छ वर्षौंदेखि
युगको उतारचढावसँग
उसलाई थाहा छैन
उसले आदर्श मानिरहेको नेताले
कतिबेला स्वीकार ग¥यो रातको अघिल्तिर दिनको पराजय
उज्यालोमाथि अँध्यारोको विजय
कसरी सुम्पियो अन्यायलाई न्यायको अभिभारा
कतिबेला, कहाँ विसर्जन ग¥यो क्रान्तिको सपना
र
पतन भयो संशोधनवादको दलदलभित्र

बस्, ऊ भने
भनिरहन्छ क्रान्ति
जपिरहन्छ क्रान्ति
धर्मग्रन्थको स्तुतिजस्तै
ध्यानस्थ भएर

कन्ठस्थ छन्
माओत्सेतुङका एक दर्जन कोटेसनहरू
ऊ आफैँ मख्ख पर्छ
बेला बेला चिनियाँ क्रान्तिको इतिहास पढ्छ
र
आफूलाई उभ्याउँछ
चाउ एन लाई, चियाङ चिङ, होङ वेनहरूको लस्करभित्र
आत्मरति नै उसको दैनिकी भएको छ

तर ऊ
बेखबर छ आफ्नै अघिल्तिरको समयसँग
आफ्नै समयको रफ्तारसँग
उसलाई थाहा छैन
कहाँ, कतिबेला, कसरी छुटिसक्यो
उसको यात्राबाट समाजवादको लक्ष्य
वर्गसङ्घर्ष र मजदुररूको एकता

तर ऊ
गाउन छोड्दैन मजदुरहरूको गीत
लगाउन छोड्दैन कम्युनिज्मको नारा
बाँड्न छोड्दैन समाजवादको दिग्भ्रम
उसलाई मोह छ
हँसिया हथौडा अङ्कित लालझण्डासँग
तर
आफैँ बेखबर छ त्यसको महिमासँग
निखारिइसकेको छैन
समयको आरनमा
भुत्ते भएको उसको आलोचनात्मक चेत
गरिरहन्छ आफ्नो नेतृत्वको महिमामण्डन
र भनिरहन्छ क्रान्ति
जपिरहन्छ क्रान्ति
धर्मग्रन्थको स्तुतिजस्तै
ध्यानस्थ भएर

साथी,
ब्युँझ अब
क्रान्ति सिगार होइन
जसलाई पिएर तिमी अचेतन हुन सक

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • टुक्का कविता

    टुक्का कविता

  • अर्थान्तर

    अर्थान्तर

  • होली विशेष

    होली विशेष

  • हाम्रो तेमाल

    हाम्रो तेमाल

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0