सलन काभ्रेली
तिमी मरेर पो देख्न पाईन
म बाँचेर देखिरहेको छु
हो लाग्दा गोलि तिमिलाई र
मलाई एउटै थियो
तिमी गोलिको पर्रामा जोगिन सकेनौ
र म भाग्यले जोगिए र पो देख्न पायो
तिमिलाई लाग्छ होला संघियतामा
हाम्रो सबै साथिहरु खुसि छन
तिमी मरेर पो देख्न पाईन
म हेरि रहेको छु संघियतामा पनि
केही केही बाहेक सबै
तिमी जस्तै त होईन तर
तिमी भन्दा पनि कठिन जीवन
बिताई रहेको छन्
हो तिमी मरेर पो देख्न पाईन
मलाई भेट्न आउ सपनिमा
म यो संघियताको जरजर भ्ष्टचारको
श्रब्यदृश्य देखाई दिन्छु
आहा भनेर कोहि बाचे पनि
सबैले सुन्दर ब्यबस्था भन्न सकेन
नपत्याए तिमी आउ सपनिमा
म सबै बताई दिन्छु
होला तिमिले पनि मलाई स्वर्थी भएछौ भन्ला
म अहिले सम्म
तिमी सगै गोलि छेक्दाको कभरमा
सगै लुक्दाको जस्तै छु
आउ हेर्न सपनिमा म पहिलाको जस्तै छु
तिमी मरेर पो देख्न पाईन
म बाचेर सबै हेरिरहेको छु ।
तिमी सगै गोलिका पर्रा लागेर
मर्न नसकेकाहरु अहिले पनि
बिहान बेलुका गोलिले पोल्दा
आईस किनेर सेक्दै छन्
विचरा ती आईस पनि किन्न नसक्नेहरु
म देखि रहेको छु
तिमी मरेर पो देख्न पाईन
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |