माधव खतिवडा
सायद, मलाई
चिन्नु भएन होला
के चिन्नु हुन्थ्यो र सरकार !
पुर्खाले लडेर आर्जेका,
तिम्रा हेलाँको सिकार
म कालीपारे,
गुञ्जी, खेला, दुग्तु
तिउने पाटन
म मुन्स्यारी,
सुनकुडा,रिलुतिरको
कठोर,चट्टान्
पाखा पखेराको काम नलाग्ने
फोस्रे पत्थर
ढाक्रे, पाखे,
लिपुलेकको
म बाङ्गे साउद,
काले ओलि,
गुईंठे लामा, प्रकष्ट राउल,
कसैसँग नमिल्ने ग्रहको
तानातानबाट उछिट्टिएका
उल्का पिण्ड मध्येको
सरकार !
तिम्रै देशको मान्छेहरु माझ
देशका नागरिक भनिएका
नागरिकमा गनिएकाहरु माझ
किन मँ
आठौँ आश्चर्य !
एक्काइसौं सताब्दिमा
थर वतन नखुलेको
म सधैँ अशुभ
आठौँ प्रदेश, आठौँ अङ्क
म अनागरिक नागरिक
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |