जेबी खत्री
हिउँद लागेपछि
आमा सधैं भन्नुहुन्थ्यो,
यस पालीको जाडो
कसरी काट्नु हो ।
उहाँको भएको अनुहारभरि
नैराश्यताको बादल
मडारिई रहेको हुन्थ्यो ।
मलाई निक्कै संवेदनशील बनाउँथ्यो,
आमाको यो भनाइले,
कहिले काहीँ
गहिरिएर सोच्न बाध्य बनाउँथ्यो कि
आमा किन यसो
भनिरहनु भएको छ ।
पैसठ्ठी हिउँद खाएकी
मेरी आमाले
हरेक हिउँद
यसै भनेर
काट्नु भयो ।
मलाई थाहा छ
हिउँद लागेपछि
मेरी आमा
आधा रात मात्र
निदाउनु हुन्थ्यो ।
बाँकी रात
आगो तापेरै
उज्यालो बनाउनु हुन्थ्यो ।
मेरी आमाले
पढ्नु भएन
शीत लहर ।
खाली यति मात्र
बुझ्नु भयो,
हिउँदमा चिसो हुन्छ ।
कठङ्¥याउने जाडो हुन्छ ।
स्वभाविक हो हिउँदमा
जाडो हुन्छ ।
मैले बुझेको छु
किन जाडो हुन्छ हिउँदमा
तर
मैले किमार्थ
बुझ्न सकिन
मेरी आमाको
हिउँद नलागि दिए हुन्थ्यो
भन्ने आशय
र छल्न सकिन
मैले आमाको अभाव ।
हरेक हिउँदको
शीत लहरको जाडो ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |