– विकु नारायण ताम्राकार
पनौती न.पा. ७, काभ्रे
एक्लो व्यक्ति हैन म, देशको अभिव्यक्ति हुँ
राष्ट्रवादको शंखघोष गर्ने एउटा शक्ति हुँ
वीर पुर्खाहरुको जस्तो ममा जोश छ ।
धीर योगीहरुको जस्तो गहिरो होश छ
हावाहुरी आँधीले हुलिन म जाँन्दिन
साँचो देशभक्त हुँ बोलीमा उद्घोष छ
अग्नी जस्तै तातो छु वायु जस्तै बेगिली
धर्ती जस्तै धीर छु सूर्य जस्तै तेजिलो
पानी जस्तै शुद्ध छु साहस यो अदम्य छ
बज्र हुँ म बेरीलाई, छुन हम्य हम्य छ
सिर्जना र सभ्यता, अनि मानवीयता
यिनै मेरा धर्म हुन् कर्म मेरो सत्यता
छाती मेरै देशको संस्कृतिको तास हो
म बोले देश बोल्दछ, यो देशको आवाज हो
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |