Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ १, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तिनीहरुलाई श्रद्धाञ्जली

प्रभातफेरी अनलाइन ६५६ पटक पढिएको प्रकाशित मिति: २०८१ श्रावण २, बुधबार (१ साल अघि)
तिनीहरुलाई श्रद्धाञ्जली

सिन्धु पौडेल, इजरायल

एकातिर देश बाढीपहिरोबाट आक्रान्त छ
निर्दोष जनताको ज्यान गइरहेको छ
रित्तिए होलान् धेरैका काख
पुछिए होलान् थुप्रैका सिउँदो
भवितव्यमा परेर
सर्वश्व गुमाउनुपरेको सङ्गीन पीडाले
पोलिरहेको घाउमा
कसले लगाइदिने
मल्हम-पट्टी

अर्कोतिर सत्तालिप्सामा होडबाजी गर्दै
कुकुरले हड्डी लुछे जस्तै
नेपाल आमाको छातीमा
स्वार्थका नङ्ग्रा गाड्न अभ्यस्त
कपुतहरु
दिनरात लडिरहेका छन्
देश बगेको पत्तै पाउॅदैनन् तिनीहरु

पहिरो जादाँ
एउटा नदी, एउटा खोला या
एउटा भिर मात्र बग्दैन
देश नै बगेर जान्छ
देश बगेर परदेशसम्म पुग्छ
सङ्गै बगेका छन्
गरिबका सपना
र आमाका आँसु
जनतालाई कौडीको भाउमा बेचेर
आफू सत्तासीन हुनेहरु
देख्दैनन् कहिल्यै अभावको आकाश खसेको

कर्मको करेसाबारीमा
उद्धम गरेर खानेहरु
अकालमा ज्यान गुमाउँदै
आफन्तलाई अनाथ पार्न विवश हुँदा
निमुखाको रगतमा होली खेलेर
पापको सिंहासन हडप्न लालायित हुन्छन्
यहाँ
बाच्नुपर्नेहरु मर्न बाध्य छन्
मर्नुपर्नेहरु बाँचिरहेछन्
श्रद्धाञ्जली त तिनीहरुलाई दिनुपर्ने
जो आफू बाचेर
अरुलाई मर्न बाध्य पारिरहन्छ्न्॥

अहिलेको यस्तो स्थितीमा पनि
सत्ताकै होडबाजीमा लुप्त भएर
लागेको देख्दा कुन नेपालीको मन खुसि होला र??

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0