पछिल्लो समयमा आत्महत्याको घटनाहरू मौलाउँदो अवस्थामा रहेको छ । हालको अवस्थालाई मध्यनजर राख्दै यस्तो प्रकारको जटिल अवस्थालाई न्यूनिकरण गर्न नसके समाजमा विकराल अवस्था निम्तिन सक्छ । आत्महत्याको घटनाहरू हट्नासाथै त्यसको कारणको पहिचान गर्न अति जरुरी रहन्छ । घतानका घटेपछि कानुनी प्रकृया अपनाउनू स्वभाविकै हो । जुन कार्यलाई निरन्तरता दिइदै आएको छ र दिनुपर्छ पनि । घटना भएपछि कानुनी प्रकृयाको साथमा कारणको पहिचान गर्नु र त्यस्ता कारणहरूको अवस्थालाई मध्यनजर राख्दै सोही कारणले पुन सोही प्रकृतिको घटना नहोस् भन्ने विषयमा सम्बन्धित सबैपक्ष सजग हुन जरुरी रहन्छ । घटना हुनुको कारण र कसरी साथै कुन तरिका अपनायो र सो तरिकाको बारेमा उस्ले कहाँबाट कसरी जानकारी प्राप्त गर्यो भन्ने विषय प्रमुख हो ।
कुनैपनि प्रकारको कार्य गर्नको लागि ज्ञान चाहिन्छ । जसले जुन कार्य गिर्छ उसलाई सो कार्य गर्ने विषयमा कुनै जानकारी नहुनु हो भने सो कार्य फत्ते हुनै सक्दैन । त्यसैले आत्महत्या बढ्दैगर्दा आत्महत्या गर्नेहरूले सोही कार्यको लागि ज्ञान कहाँबाट कसरी हासिल गर्यो यो प्रमुख खोजीको विषय हो । विभिन्न घटनाहरूलाई केलाउँदा नदि तथा खोलाको माध्यम, विषादी सेवन, पासो, धारिलो घरेलु हतियार, आगजनि लगायतको माध्यमबाट घटनाहरू हुने गरेको पाइन्छ । तर उल्लेखित तरिकाहरू मध्य पासोको माध्यमबाट धेरै घटनाहरू घट्ने गरेका छन् । किन यो तरिका धेरै अपनाइयो भन्ने विषयमा सम्बन्धित निकाय चनाखो हुन जरुरी रहन्छ । जुन व्यक्ति घटना घटाउने अवस्थामा पुग्छ उसले तत्काल नदि तथा खोला भेट्दैन साथै सो प्रकारको घटनाको पूर्ण जानकारी नहुन सक्छ । जानकारी भएपनि नदि तथा खोलामा पुग्ने समयसम्ममा उस्को मन परिवर्तन भइसक्छ । त्यसैगरी विषादी सेवन सो विषयमा पनि पूर्ण जानकारी नहुन सक्छ ।
आत्महत्याको लागि विषादि सेवन गर्नेहरूलाई अस्पतालले बचाएको अवस्था र कुन विषादी कति मात्रामा सेवन गर्ने जानकारी नहुँदा सो तरिका अपनाउनेको सङ्ख्या घट्दो अवस्थामा छ । आगजनि र नसा काट्नेको तरिका अपनाउने अत्यन्त न्यून छ, किनकि यो पीडादायी तरिका साथै पुर्न रुपमा जानकारी नहुनु । घटनामा सबैभन्दा वडि पासोको माध्यम अपनाएको पाइन्छ यस्तो हुनुको प्रमुख कारण सो सम्बन्धी घटनाको कारण सबैलाई राम्रोसँग जानकारी गराउनु नै हो । कुनै स्थानमा पासोको माध्यबाट घटना घट्यो सो स्थानमा सुरक्षा नदिँदा सबै प्रकारका सर्वसाधारणले पाठमा रुपमा लिन पाउने भए । त्यसैगरी टेलिफिल्महरू निर्माण गर्दा कतिपय फिल्महरूमा सोही प्रकारको दृश्य देखिन्छ । नारी टेलिफिल्ममा पासो लगाएको दृस्य प्रस्ट देखाईएको छ । त्यसको लागि सबै तरिका देखाईएको छ । यस्तो ढंगको दृश्यले घटना न्यूनिकरण हुनुको बदला मौलाउछ । यस्ता प्रकारका कमिकमजोरीलाई नियन्त्रणमा ल्याउन सके घटनाहरू न्यूनिकरण हुदै जान्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |