Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सरकार दिन प्रतिदिन दायित्वबाट पन्छिन भएन

प्रभातफेरी अनलाइन २४३ पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन २८, बुधबार (१ साल अघि)
Post Thumbnail

यो सरकारप्रति नेपाली जनताको अथाह अपेक्षाहरु भइरहँदा सरकारले भने ति अपेक्षाहरुलाई नजरअन्दाज गरेको महसुस भएको छ । सुशासनका सवालामा होस् या विकास निर्माण, शान्ति सुरक्षा लगायत कुनै पनि विधामा सरकारले जनतालाई राहतको अनुभूति हुने किसिमका सन्देशहरु दिएको नपाइएको भुईँमान्छेहरुको गुनासो एकपछि अर्काे गर्दै थपिँदै छ ।
सरकारले सरकार सञ्चालनमा देखाएको निरिहपनको पहिलो उदाहरण विद्युत् प्राधिकरण माथिको रबैयालाई लिन सकिन्छ । कुनै एउटा पात्रको निच स्वार्थका लागि समाजले सक्षम, योग्य र क्षमतावान् पात्रका रुपमा परिभाषित गरी कुशल संगठकको रुपमा स्थापित व्यक्तिमाथि खनिनुले सरकारको यथार्थता छर्लंग भएको छ । सरकार दिनप्रतिदिन नागरिकले प्राप्त गर्ने नैसर्गिक अधिकारमाथि अंकुश लगाउन गइरहेको छ । जसले वाक स्वतन्त्रता र जन्मसिद्ध अधिकारमाथि समेत रोक लगाउने परिपञ्चमा उत्रनुले पनि यो सरकारको नियत प्रष्टिएको छ । त्यसैले यो सरकारका गलत गतिविधिलाई खबरदारी गर्नु एउटा कलमजीविको धर्म हो भन्ने निर्णयमा हामी अडिग छौं ।
पछिल्लो घटनाक्रमप्रति गहिरो समिक्षा गर्ने हो भने सरकार निरंकुशतातर्फ अग्रसर भएको आभाष मिलेको छ । भर्खरै दशरथ रंगशालामा देखिएको उदण्ड गतिविधि होस् या पोखरामा जनप्रतिनिधिले सर्वसाधारणमाथि गरेको ज्यादती यसैका प्रतिनिधि पात्रका रुपमा लिइएको छ । यस किसिमका उदण्ड गतिविधिले सरकार विचलित भएको पुष्टि गर्दछ । जसका कारण नेपाली जनतामा दिनप्रतिदिन निराशा बढिरहेको छ । जसको फाइदा प्रतिगमनका मतियारका रुपमा परिचित राजावादी भन्नेहरुले धमिलो पानीमा माछा मार्ने प्रयत्न गरेका छन् । यो आफैंमा बिडम्बना भन्दा अरु कुनै अर्थ राख्दैन ।
बजार व्यापारीहरुको कब्जामा छ । उनीहरुले चाहेअनुसारको कालो बजारिया चलाइरहेका छन् । जसको मारमा सबैभन्दा बढी भुईँमान्छे परिरहेका छन् । उनीहरुको आवाज, पिडा, वेदना कसले सुनिदिने ? सरकार यसतर्फ कहिले गम्भीर हुने ? के नेपाली जनताले यही अपेक्षा राखेका थिए ? दुई तिहाइ नजिकको यो सरकारसँग अहिले सर्वत्र चर्चाको विषयको बनेको छ । यसतर्फ सरकार गम्भीर हुनुको सट्टा उदण्डतर्फ अग्रसर हुनुले गणतन्त्रमाथि नै प्रश्न चिन्हहरु एकपछि अर्काे खडा भएका छन् । यसले नेपाली जनताको रगत पसिनाबाट सिर्जित सीमित अधिकारहरु कुण्ठित हुनेमा दुईमत छैन ।
सरकारका यस्ता गतिविधिले प्रतिगमनहरु सडकमा आएका छन् । जुन आफैंमा परिवर्तनकारीहरुका लागि चुनौतीको विषय बनेको छ । यसतर्फ जुन उपलब्धीमा टेकेर सरकार बनेको छ, त्यो नै अभिशापको रुपमा सावित नहोस् भन्ने अपेक्षा हामीले राखेका छौं । भुईंमान्छेका सामान्यभन्दा सामान्य विषयवस्तुलाई सम्बोधन गरेर सरकार आफ्नो जिम्मेवारीबाट पन्छिने छैन भन्ने निचोडमा हामी छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0