प्रभातफेरी अनलाइन४९७ पटक पढिएको | २०८२ आश्विन २४, शुक्रबार
काभ्रेपलाञ्चोक/ नेपालमा पहिलो पटक बिनाचिरफार पथरीको शल्यक्रिया गर्ने प्रविधि भित्र्याउने अस्पतालका रुपमा आफ्नो इतिहास लेखाउन सफल अस्पतालमा दर्ज भएको शीर मेमोरियल सेभेन्थ डे एड्भेन्टिस्ट अस्पताल बनेपा काभ्रेले आज एक र्यालिको आयोजना गरेर स्तन क्यान्सरका बारेमा सचेत गराएको छ । ‘बनेपा वाक’ नाम दिइएको उक्त अभियानमा स्थानीयहरुको बाक्लो सहभागीता रहेको कार्यक्रमले नगरका विभिन्न भागको परिक्रमा गरि कोण समा सम्पन्न भएको छ । स्तन क्यानसरबारे जनचेतना फैलाउने उद्देश्यले आज शुक्रवार बनेपामा सरोकारवालाहरुको जमघटका माझ अभियान चलाइएको हो ।

अस्पताल परिसरबाट शुरु भएको अभियानका बिचबिचमा ‘जुम्बा’
नृत्यमार्फत स्थानीयहरुको अभियान प्रती आकर्षण थप्दै कार्यक्रमको बारेमा सचेतना जगाएका थिए । अग्रेजी महिना अक्टोबरलाई स्तन क्यान्सरबारे सचेतना फैलाउने महिना (पिङटोवर)को रुपमा विभिन्न कार्यक्रम गरी मनाइने भएको हुदाँ त्यसैको निरन्तरता दिदै आएको अस्पतालका जनसम्पर्क पुकार श्रेष्ठले खुलासा गरेका छन् । उहाँका अनुसार हामीले बिगत देखि यसकिसिमको सचेतता मुलक कार्यक्रम गर्दै आएका छौ :- क्यान्सर जस्तो डरलाग्दो रोग लाग्नै नदिनका लागि यस किसिमका कार्यक्रम कोषढुंगा सावित हुने बिश्वास ब्यक्त गर्नु हुन्छ । त्यस्तै र्यालिमा सहभागी नर्सिङ इन्चार्ज RN कृष्णमाया श्रेष्ठको तर्क छ :- क्यान्सर आफै रोग होइन ! यो त हामी मान्छे कै सानू लापरबाहीको उपज हो ।


त्यसैले यश किसिमका गतिविधिले समाजमा क्यान्सरको बारेमा सचेत गराउछ भन्ने बिश्वास बिगतका अभियानले जागृत गराएको स्मरण गराउनु हुँदै जुन आज (बनेपा वाक) कार्यक्रम गरिएको छ हामी यतिमै रोकिनौं ! अक्टोबर महिना भरी विभिन्न चेतनामूलक कार्यक्रम गरेर नागरिकमा अनि विशेष त आमादिदी बहिनीमा स्तन क्यान्सरले पार्ने नकारात्मक असर र यसबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा सु-शुचित गराउने दायित्व पनि हाम्रो हो । र्यालिको बिच बिचमा विभिन्न कलाकौशलता प्रस्तुत गरि नागरिकलाई मनोरञ्जनात्मक ढंगबाट सचेत गराउने जमर्को गरेकोमा कलाकार समुह प्रती आभार व्यक्त गर्दै डाक्टर धुर्ब कडेंल थप्नु हुन्छ :- यश किसिमका अभियान चलाउदै जान सकेको खण्डमा क्यान्सर जस्तो भयावह समस्याबाट नागरिकलाई मुक्त गर्न सकिने बताउनु हुन्छ ! यो दायित्व अस्पतालको मात्र नभई सामाजिक दायित्व बहन गर्ने प्रत्येक संघसंस्था र सामाजिक अभियन्ताले पनि लिनु पर्ने धारण राख्नु हुन्छ । यसै बिच सामाजिकमार्फत सचेतना फैलाउन अस्पतालले गरेको उक्त अभियानको टिकटक प्रतियोगितामा उत्कृष्ट भिडियो निर्माण गर्ने डा. अनिकेत बस्नेतलाई पुरस्कृत गरिएको छ ।


