logo
२०८३ अषाढ १५, सोमबार |
📰
🔍

एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

प्रभातफेरी अनलाइन२१ पटक पढिएको प्रकाशित मिति: १ घण्टा अघि (१ घण्टा अघि)
एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलमाथि जारी अनुसन्धानका लागि विशेष अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सोमबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले अनुसन्धान प्रक्रिया पूरा गर्न आवश्यक रहेको भन्दै थप तीन दिनको म्याद थप गरेको हो।

पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। यसअघि विशेष अदालतले उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।