logo
२०८३ अषाढ २२, सोमबार |
📰
🔍

सांसदले उठाएका विषयमा जवाफ दिन सरकारलाई सभामुख अर्यालको निर्देशन

प्रभातफेरी अनलाइन१९ पटक पढिएको प्रकाशित मिति: १४ घण्टा अघि (१४ घण्टा अघि)
सांसदले उठाएका विषयमा जवाफ दिन सरकारलाई सभामुख अर्यालको निर्देशन

काठमाडौँ, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठकमा आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।

सोमबार बसेको बैठकमा सभामुख अर्यालले सांसदहरूले उठाएका समसामयिक र महत्वपूर्ण विषयमा सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न निर्देशन दिएका हुन्।

उनले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा डुबानका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण, विपद् व्यवस्थापन र पूर्वतयारीका लागि भएका कामकारबाहीबारे पनि संसद्लाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन्।