logo
२०८३ श्रावण १, शुक्रबार |
📰
🔍

आजको नेप्से परिसूचक

प्रभातफेरी अनलाइन१९ पटक पढिएको प्रकाशित मिति: १ हफ्ता अघि (१ हफ्ता अघि)
आजको नेप्से परिसूचक

काठमाडौँ , शेयर बजारमा साताको कारोबारको क्रममा आज गिरावट देखिएको छ।

Nepal Stock Exchangeका अनुसार नेप्से परिसूचक २६ दशमलव २९ अंकले घट्दै दुई हजार ६२७ दशमलव ११ विन्दुमा झरेको छ। साथै, सेन्सेटिभ परिसूचक पनि ३ दशमलव ५३ अंकले घटेर ४५६ दशमलव २७ विन्दुमा कायम भएको छ।

आज कुल ३५६ कम्पनीको ७५ लाखभन्दा बढी कित्ता शेयर रु ३ अर्ब ५५ करोडभन्दा बढीमा खरिद–बिक्री भएको छ।

कारोबार रकमका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र–२०८४ अग्रस्थानमा रहँदा सेन्ट्रल फाइनान्स, एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट, आँखुखोला जलविद्युत् कम्पनी र ग्लोबल आइएमई बैंकको डिबेञ्चर पनि शीर्ष कारोबारमा परेका छन्।