logo
२०८३ अषाढ २२, सोमबार |
📰
🔍

सीमा सुरक्षा सुदृढ बनाउन झापा पुगे गृहमन्त्री गुरुङ

प्रभातफेरी अनलाइन११ पटक पढिएको प्रकाशित मिति: ११ घण्टा अघि (११ घण्टा अघि)
सीमा सुरक्षा सुदृढ बनाउन झापा पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ , झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन गृहमन्त्री Sudan Gurungले स्थलगत अनुगमन गरेका छन्।

उनले सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गर्दै सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थापनलाई अझ सुदृढ बनाइने बताएका छन्।

अनुगमनका क्रममा उनले मानव–हात्ती द्वन्द्वका कारण स्थानीयले भोगिरहेका समस्याबारे जानकारी लिँदै जनधनको क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी, समन्वय र दीर्घकालीन योजना कार्यान्वयनमा सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।