logo
२०८३ श्रावण ८, शुक्रबार |
📰
🔍

रास्वपाको निर्णय: सांसदले नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाउने

प्रभातफेरी अनलाइन१९ पटक पढिएको | २०८३ श्रावण ८, शुक्रबार
रास्वपाको निर्णय: सांसदले नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाउने

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना संघीय सांसदहरूका लागि स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन जारी गर्दै एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने व्यवस्था गरेको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी निर्देशनमा पार्टीको विधान र सुशासनको मूल नीतिअनुरूप नातावाद तथा परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ। निर्देशनअनुसार स्वकीय सचिवको नियुक्ति पारिवारिक परिधिभन्दा बाहिरका योग्य व्यक्तिबाट मात्र गर्नुपर्नेछ।

संघीय सांसदले शाखा अधिकृत सरहका एक जना स्वकीय सचिव राख्न पाउने मन्त्रिपरिषद्को हालैको निर्णयपछि रास्वपाले राज्यकोषको दुरुपयोग रोक्न, पारदर्शिता कायम गर्न तथा सुशासन प्रवर्द्धन गर्न यस्तो नीति लागू गरेको जनाएको छ।