logo
२०८३ आश्विन ७, बुधबार |
📰
🔍

पर्यटन प्रवर्द्धनमा सरकार तीव्र गतिमा अघि बढेको प्रधानमन्त्री बालेन्द्र शाहको दाबी

प्रभातफेरी अनलाइन४३ पटक पढिएको | २०८३ अषाढ ३१, बुधबार
पर्यटन प्रवर्द्धनमा सरकार तीव्र गतिमा अघि बढेको प्रधानमन्त्री बालेन्द्र शाहको दाबी

काठमाडाैं, प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा पर्यटन प्रवर्द्धनलाई तीव्र गतिमा अघि बढाइएको बताएका छन्।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा होटल एसोसिएसन नेपाल (हान) का पदाधिकारीसँग भएको छलफलमा उनले निजी क्षेत्रलाई सरकारको महत्वपूर्ण साझेदारका रूपमा अघि बढ्न आग्रह गरे।

प्रधानमन्त्री शाहले व्यवसायीलाई कानुनको पालना गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सहकार्यका सम्भावनाबारे अध्ययन गर्न सुझाव दिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको उपस्थितिमा भएको छलफलमा हानका पदाधिकारीले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराए।

हाल नेपालमा वार्षिक करिब १२ लाख पर्यटक मात्रै भित्रिने उल्लेख गर्दै उनीहरूले पर्यटक आगमन बढेमा रोजगारीका अवसर उल्लेखनीय रूपमा विस्तार हुने र नेपाली युवाको वैदेशिक रोजगारीमा जाने क्रम घटाउन होटल उद्योगले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए।