logo
२०८३ आश्विन ७, बुधबार |
📰
🔍

स्वदेशी जुत्ता उद्योगका चुनौतीबारे प्रधानमन्त्री शाहले व्यवसायीसँग गर्दै छलफल

प्रभातफेरी अनलाइन५६ पटक पढिएको | २०८३ श्रावण १, शुक्रबार
स्वदेशी जुत्ता उद्योगका चुनौतीबारे प्रधानमन्त्री शाहले व्यवसायीसँग गर्दै छलफल

काठमाडौँ , विभिन्न क्षेत्रका व्यवसायी र पेशागत संस्थासँग नियमित संवाद गरिरहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज फुटवेयर एसोसिएसनका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा एसोसिएसनका अध्यक्ष सुरज बञ्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने तथा सल्लाहकार कालीदास गौतमलगायत सहभागी हुनेछन्।

बैठकमा स्वदेशी जुत्ता उद्योगको विकास, बजार व्यवस्थापन, आत्मनिर्भर उत्पादन तथा उद्योगले भोगिरहेका समस्या समाधानका लागि आवश्यक नीतिगत सुधारबारे विचार–विमर्श हुने बताइएको छ।