प्रभातफेरी अनलाइन५९ पटक पढिएको | २०८३ श्रावण २, शनिबार
काठमाडौँ, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनको योगदान नेपाली इतिहासमा सधैं सम्मानपूर्वक स्मरणीय रहने बताएका छन्।
शोक सन्देश जारी गर्दै प्रचण्डले डा. पाण्डेको निधनले आफू अत्यन्त मर्माहत भएको उल्लेख गरेका छन्। साथै उनले शोक सन्तप्त परिवार, आफन्त तथा डा. पाण्डेलाई सम्मान र स्नेह गर्ने सम्पूर्णमा हार्दिक समवेदना व्यक्त गरेका छन्।
प्रचण्डले नेपालमा शान्ति प्रक्रिया, लोकतान्त्रिक गणतन्त्रको स्थापना, नागरिक स्वतन्त्रता, सुशासन र जनअधिकारको पक्षमा डा. पाण्डेले पुर्याएको योगदान ऐतिहासिक र प्रेरणादायी रहेको उल्लेख गर्दै उनको भूमिका सदैव सम्मानका साथ स्मरण गरिने बताएका छन्।