logo
२०८३ आश्विन ७, बुधबार |
📰
🔍

राजविराज कारागारमा विवाद चर्कियो, पाँच कैदीबन्दीद्वारा आत्मदाहको प्रयास

प्रभातफेरी अनलाइन४४ पटक पढिएको | २०८३ श्रावण २, शनिबार
राजविराज कारागारमा विवाद चर्कियो, पाँच कैदीबन्दीद्वारा आत्मदाहको प्रयास

काठमाडौँ, सप्तरीस्थित राजविराज कारागारमा कैदीबन्दी बीचको आन्तरिक विवाद चर्किँदा शनिबार बिहान पाँच जना कैदीबन्दीले मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका छन्।

कारागार प्रमुख रुपक मण्डलका अनुसार कैदीबन्दीबीच विगत दुई–तीन दिनदेखि आन्तरिक विवाद चलिरहेको थियो। सोही विषयमा असन्तुष्ट समूहले आत्मदाहको प्रयास गरेको उनले जानकारी दिए। घटनापछि कारागारभित्र छलफल जारी रहेको र विवाद समाधानतर्फ पहल भइरहेको उनले बताए।

मण्डलका अनुसार आत्मदाहको प्रयास भए पनि घटनास्थलमै चिकित्सक टोली र एम्बुलेन्स तयारी अवस्थामा रहेकाले कुनै मानवीय क्षति हुन पाएन।

उनले कैदीबन्दीको मुख्य माग सबैसँग सम्मानजनक व्यवहार हुनुपर्ने रहेको बताए। प्रहरी कारागारभित्र प्रवेश गर्न खोज्दा असन्तुष्ट कैदीबन्दीले आत्मदाहको प्रयास गरेको उनको भनाइ छ।