logo
२०८३ आश्विन ७, बुधबार |
📰
🔍

राष्ट्रिय सभाका तीन समितिको बैठक आज, महिला आयोगदेखि ऐन कार्यान्वयनसम्मका विषयमा छलफल हुने

प्रभातफेरी अनलाइन४९ पटक पढिएको | २०८३ श्रावण ४, सोमबार
राष्ट्रिय सभाका तीन समितिको बैठक आज, महिला आयोगदेखि ऐन कार्यान्वयनसम्मका विषयमा छलफल हुने

काठमाडौं, राष्ट्रिय सभाअन्तर्गतका तीनवटा समितिको बैठक आज (सोमबार) बस्दै छन्। बैठकहरूमा महिला आयोगको कार्यसम्पादन, प्रदेश अनुगमनको समीक्षा तथा ऐन कार्यान्वयनलगायत विभिन्न विषयमा छलफल हुने कार्यसूची रहेको छ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्षमा बस्नेछ। बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाले तयार पारेको राष्ट्रिय महिला आयोगको कार्यप्रभावकारितासम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल गर्नुका साथै अन्य समसामयिक विषयमा पनि विचारविमर्श गरिनेछ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३३७औँ बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको हलमा बस्नेछ। बैठकमा मधेश र बागमती प्रदेशका जिल्लामा गरिएको अनुगमनको समीक्षा तथा अन्य विषयमा छलफल हुने जनाइएको छ।

त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २:१५ बजे बस्नेछ। बैठकमा ऐन कार्यान्वयनको मापन, विधायिकी अन्तरसम्बन्ध तथा विविध विषयमा छलफल गरिने कार्यसूची रहेको छ।