logo
२०८३ आश्विन ७, बुधबार |
📰
🔍

शिक्षा–स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने निर्णय स्वागतयोग्य : गगन थापा

प्रभातफेरी अनलाइन३४ पटक पढिएको | २०८३ श्रावण ५, मंगलबार
शिक्षा–स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने निर्णय स्वागतयोग्य : गगन थापा

काठमाडौं,  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णयलाई स्वागतयोग्य बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले शिक्षा र स्वास्थ्य विलासिताका विषय नभएको उल्लेख गर्दै निजी विद्यालय र अस्पताल रोज्ने सबै नागरिक सम्पन्न नहुने बताए। धेरैका लागि निजी सेवा बाध्यता भएकाले अतिरिक्त शुल्क वा करको भार थप्ने नीति उचित नहुने उनको भनाइ छ।

सभापति थापाले निजी क्षेत्र देशको शिक्षा र स्वास्थ्य प्रणालीको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै सरकारले गरेको निर्णयलाई कार्यान्वयनमा लैजान आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पनि विधिसम्मत रूपमा अघि बढाउनुपर्ने धारणा राखेका छन्।