logo
२०८३ आश्विन ७, बुधबार |
📰
🔍

एमालेका ६ मन्त्रीद्वारा राजीनामा

प्रभातफेरी अनलाइन३४ पटक पढिएको | २०८३ श्रावण ६, बुधबार
एमालेका ६ मन्त्रीद्वारा राजीनामा

काठमाडौं,  बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। साथै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।

पार्टीको निर्देशनपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाइएको एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिए।

एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका छन्। अब संविधानअनुसार उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ।