logo
२०८३ श्रावण २०, बुधबार |
📰
🔍

बागमतीका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले लिए शपथ

प्रभातफेरी अनलाइन१४ पटक पढिएको | २०८३ श्रावण १९, मंगलबार
बागमतीका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले लिए शपथ

काठमाडौँ / बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मंगलबार बज्राचार्यलाई शपथ गराएका हुन्। उनी हाम्रो नेपाली पार्टी (हानेपा)को तर्फबाट प्रदेश सरकारमा सहभागी भएका हुन्।

यसअघि भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेलले राजीनामा दिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा बज्राचार्य मन्त्री नियुक्त भएका हुन्।