logo
२०८३ श्रावण २५, सोमबार |
📰
🔍

प्रधानमन्त्री र मन्त्रीलाई टिसर्ट लगाएर संसदमा आउन रोक लगाइयोस् : एमाले सांसद पोखरेल

प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ श्रावण २५, सोमबार
प्रधानमन्त्री र मन्त्रीलाई टिसर्ट लगाएर संसदमा आउन रोक लगाइयोस् : एमाले सांसद पोखरेल

काठमाडौं / नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले संसदको गरिमा कायम गर्न सांस्कृतिक, राष्ट्रिय वा औपचारिक पोसाक अनिवार्य गर्न माग गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठक शून्य समयमा सांसद पोखरेलले प्रधानमन्त्री र मन्त्रीहरू समेत टिसर्ट लगाएर संसद् बैठकमा सहभागी भइरहेको भन्दै आपत्ति जनाए ।

उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई संसद्‌मा टिसर्ट लगाएर प्रवेश गर्न रोक लगाउन सभामुखसँग रुलिङको माग गरे । ‘संसद्को गरिमा कायम गर्न सांस्कृतिक पोसाक वा राष्ट्रिय पोसाक अनिवार्य गरियोस्। प्रधानमन्त्री र मन्त्रीलाई टिसर्ट लगाएर संसदभित्र प्रवेश गर्न रोक लगाइयोस्,’ सांसद पोखरेलले भने ।