प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ श्रावण २९, शुक्रबार
काठमाडौं / नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचक शुक्रबार ७.३७ अंकले घटेर २६४३.८३ अंकमा झरेको छ। साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य गिरावट देखिएको हो।
बिहीबार नेप्से ८.८१ अंकले बढेको थियो। शुक्रबार १०१ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रह्यो।
यद्यपि, कारोबार रकममा भने सुधार भएको छ। बिहीबार ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा शुक्रबार ४ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
समूहतर्फ अधिकांश सूचक घटेका छन्। बैंकिङ ०.१४, विकास बैंक ०.३३, फाइनान्स ०.७३, होटल तथा पर्यटन ०.३३, जलविद्युत् ०.३४, लगानी ०.९२, उत्पादन तथा प्रशोधन ०.३८, निर्जीवन बीमा ०.४३ र व्यापार समूह २.५७ प्रतिशतले घटेका छन्।
यता जीवन बीमा ०.२७, माइक्रोफाइनान्स ०.२८, सामूहिक लगानी कोष ०.२४ र अन्य समूह ०.४४ प्रतिशतले बढेका छन्।
हालै सूचीकृत माउन्ट एभरेस्ट पावरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। रकमका आधारमा शुक्रबार सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा खानीखोला हाइड्रो रहेको छ।