logo
२०८३ श्रावण ३१, आईतबार |
📰
🔍

नदीमा डुबेर १० वर्षीया बालिकाको मृत्यु, महाकालीमा हाम फालेका युवक अझै बेपत्ता

प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ श्रावण ३१, आईतबार
नदीमा डुबेर १० वर्षीया बालिकाको मृत्यु, महाकालीमा हाम फालेका युवक अझै बेपत्ता

कञ्चनपुर / कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९, सिसैयाकी १० वर्षीया सञ्जु विष्टको नदीमा डुबेर मृत्यु भएको छ।

स्थानीय सुनबरा नदीमा पौडी खेल्ने क्रममा डुबेकी बालिकाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव महाकाली प्रादेशिक अस्पतालमा परीक्षण भइरहेको छ। शव परीक्षणपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

यसैबीच, शुक्रबार महाकाली नदीको शारदा ब्यारेक (बनबासा पुल) बाट हाम फालेर बेपत्ता भएका दार्चुलाका २७ वर्षीय सुनीलसिंह खत्रीको अवस्था अझै अज्ञात छ।

खत्रीको खोजीका लागि महाकाली नदीमा प्रहरी टोली परिचालन गरिएको र खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ।