logo
२०८३ श्रावण ३१, आईतबार |
📰
🔍

जसपा नेपालको २७९ सदस्यीय केन्द्रीय समिति गठन

प्रभातफेरी अनलाइन६ पटक पढिएको | १२ मिनेट अघि
जसपा नेपालको २७९ सदस्यीय केन्द्रीय समिति गठन

काठमाडौं / महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग एकता भएपछि जनता समाजवादी पार्टी नेपालले २७९ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ।

एकीकृत पार्टीको संरक्षकमा महन्थ ठाकुर र अध्यक्षमा उपेन्द्र यादव रहेका छन्। ३३ सदस्यीय पदाधिकारीमध्ये सहअध्यक्षमा शरत्सिंह भण्डारी तथा वरिष्ठ नेतामा रकम चेम्जोङ रहेका छन्।

त्यस्तै, उपाध्यक्षमा उमाकान्त चौधरी, जितेन्द्रप्रसाद सोनार, निलम वर्मा, परमेश्वर साह, राजकिशोर यादव र रेणुकुमारी यादव रहेका छन्।