प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ श्रावण ३१, आईतबार
काठमाडौँ / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन तथा निर्माण भएको विद्युतीय स्कुटर ‘यात्री पीटू’को प्रवर्द्धनमा सरकारको साथ रहने बताएका छन्।
काठमाडौँको बुढानीलकण्ठस्थित सिप्रदी यात्रीको कारखानामा पुगेर स्कुटर निर्माण प्रक्रियाको अवलोकन गर्दै उनले नेपाली इन्जिनियर तथा डिजाइनरको मेहनतको प्रशंसा गरे।
नेपालमै विद्युतीय दुईपांग्रे सवारीसाधन डिजाइन र निर्माण हुनु ऐतिहासिक उपलब्धि भएको बताउँदै मन्त्री वाग्लेले ‘यात्री पीटू’लाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सुझाव दिए।
उनले गुणस्तरमा विश्वस्तरीय मापदण्ड कायम गर्दै अन्तर्राष्ट्रिय बजार विस्तारमा ध्यान दिन आग्रह गर्दै आवश्यक सरकारी सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, नेपाली उत्पादन विश्व बजारमा स्थापित होस् र नेपालीहरूले गर्वका साथ प्रयोग गर्ने ब्रान्ड बनोस् भन्ने शुभकामना दिए।