logo
२०८३ श्रावण ३१, आईतबार |
📰
🔍

एलपी ग्यास अभाव तत्काल समाधान गर्न सरकारसँग महासंघको माग

प्रभातफेरी अनलाइन५ पटक पढिएको | ४५ मिनेट अघि
एलपी ग्यास अभाव तत्काल समाधान गर्न सरकारसँग महासंघको माग

काठमाडाैं / ग्यास विक्रेता महासंघ नेपालले देशभर देखिएको खाना पकाउने एलपी ग्यास अभावको वास्तविक कारण पहिचान गरी तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ।

आइतबार विज्ञप्ति जारी गर्दै महासंघले समस्या समाधान गर्नुभन्दा सरकार प्रचारबाजीमा केन्द्रित भएको आरोप लगाएको छ।

महासंघका अनुसार पछिल्लो चार महिनामा करिब ६० हजार मेट्रिकटन एलपी ग्यास कम आयात भएको छ। साथै, बिक्रेतामार्फत वितरण गर्नुको सट्टा ग्यास उद्योग तथा विभिन्न बिक्री केन्द्रबाट बिक्री गर्ने निर्णयले अभाव थप जटिल बनेको महासंघको भनाइ छ।

बजारमा आवश्यकताभन्दा बढी करिब ८० लाख सिलिन्डर छरिएर रहेका कारण पनि समस्या सिर्जना भएको महासंघले जनाएको छ। नयाँ सिलिन्डर बिक्री नरोकिए आगामी वर्षहरूमा ग्यास अभाव अझ जटिल बन्न सक्ने चेतावनीसमेत दिएको छ।

महासंघले ग्यास उद्योग तथा विभिन्न बिक्री केन्द्रबाट हुने बिक्री रोक्दै बिक्रेतामार्फत वितरण प्रणाली सहज बनाउन र उपभोक्तालाई अनावश्यक सास्ती नदिन सरकारसँग आग्रह गरेको छ।