प्रभातफेरी अनलाइन११ पटक पढिएको | ५१ मिनेट अघि
बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र हुने अराजक गतिविधि सह्य नहुने बताएका छन्।
झापा एमालेले बिर्तामोडबाट सुरु गरेको ‘मिसन जागरण’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सामाजिक सञ्जालमा स्टाटस लेखेर वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास स्वीकार्य नहुने बताएका हुन्।
अध्यक्ष परिवर्तन गर्नुपर्ने धारणा भए पार्टीको सम्बन्धित कमिटीमै छलफल गर्नुपर्ने ओलीको सुझाव छ।