logo
२०८३ श्रावण ३१, आईतबार |
📰
🔍

भारतीय प्रधानसेनापति धिरज सेठ आज नेपाल आउँदै

प्रभातफेरी अनलाइन१५ पटक पढिएको | ४५ मिनेट अघि
भारतीय प्रधानसेनापति धिरज सेठ आज नेपाल आउँदै

काठमाडाैं / भारतीय प्रधानसेनापति जनरल धिरज सेठ आज नेपाल भ्रमणमा आउँदैछन्। प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा उनी अपराह्न करिब ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ।

नेपाल बसाइँका क्रममा सेठले प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देललगायतसँग भेटवार्ता गर्नेछन्। उनले सैनिक मञ्च टुँडिखेलमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै दुई देशका सेनाबीचको आपसी सहयोगका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

सेठ नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न नेपाल आउन लागेका हुन्। सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।