प्रभातफेरी अनलाइन८ पटक पढिएको | २०८३ भाद्र १, सोमबार
काठमाडौं / क्यानडामा बसेर नेपाली संगीतमा सक्रिय एनभी निर्वाण र कुशको नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक भएको छ। ‘रियाज म्युजिक’को आधिकारिक युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो।

यसअघि ‘चिसो चिसो पानी’ र ‘दिनँ’ जस्ता ट्र्याकमा सहकार्य गरिसकेका निर्वाण र कुशले यसपटक डान्स तथा पार्टी फ्लेभरको गीत ‘लाली’ ल्याएका हुन्।
प्रेम, युवापुस्ताको आकर्षण र नाइटलाइफलाई समेटिएको गीतमा निर्वाण र कुशकै शब्द, संगीत तथा स्वर रहेको छ। गायिका सेरेनले स्वरमा साथ दिएकी छन् भने बीट प्रोडक्सन Lay Zy ले गरेका हुन्।

‘निर्वाण रेकर्ड्स टोरोन्टो’मा तयार गरिएको गीतमा निर्वाणको मेलोडिक हिपहप र कुशको ऊर्जावान् र्याप शैलीको मिश्रण सुन्न सकिन्छ।
हरि हुमागाईंको निर्देशनमा बनेको भिडियोमा मोडल इभा गिरीको अभिनय तथा जेस्टीको कोरियोग्राफी रहेको छ। भिडियोको डीओपी र भिजुअल सम्पादन हुमागाईंले गरेका छन् भने उत्तम हुमागाईंले सिनेमाटोग्राफी सम्हालेका छन्। प्रबिन मानन्धरले कलरिङ तथा सम्पादन गरेका हुन्।

क्यानडामा रहेर पनि नेपाली हिपहप संगीतमा सक्रिय निर्वाण र कुशको ‘लाली’लाई प्रवासबाट नेपाली संगीतमा गरिएको नयाँ प्रयोगका रूपमा हेरिएको छ। डिजिटल प्लेटफर्म, टिकटक तथा रिल्सलाई लक्षित गरी तयार गरिएको गीतले युवापुस्तामाझ लोकप्रियता हासिल गर्ने अपेक्षा गरिएको छ।
भिडियो लिंक: