logo
२०८३ भाद्र १, सोमबार |
📰
🔍

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

प्रभातफेरी अनलाइन८ पटक पढिएको | १ घण्टा अघि
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

बुटवल / लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो।

मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन्।

विश्वासको मतका लागि आवश्यक बहुमतभन्दा बढी मत प्राप्त भएपछि सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए।