logo
२०८३ भाद्र ४, बिहिबार |
📰
🔍

सञ्जीवनी माविमा अध्यनरत विद्यार्थीका कापि-किताबले पाए ओत !”सारथि बन्यो कान्छीमाया तामाङ फाउन्डेसन “

प्रभातफेरी अनलाइन१९ पटक पढिएको | ४८ मिनेट अघि
सञ्जीवनी माविमा अध्यनरत विद्यार्थीका कापि-किताबले पाए ओत !”सारथि बन्यो कान्छीमाया तामाङ फाउन्डेसन “

रामेछाप / रामेछाप जिल्लाको दोरम्बा शैलुङमा रहेको सञ्जिवनी माविमा अध्यनरत बालबालिकाले कापी – किताबलाई ओतको साहारा मिलेको छ । कान्छीमाया तामाङ फाउन्डेसनको समन्वय र सहकार्यमा उक्त बिधालयमा अध्यनरत बालबालिकालाई स्कुल ब्याग बितरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. १ का वडाध्यक्ष प्रेमकुमार लामाले फाउण्डेशन र विद्यालयबीचको सहकार्यबाट आगामी दिनमा अझ सुदृढ र सहकार्यमा हातेमालो हुने विश्वास व्यक्त गर्दै सहयोगका लागि संस्थालाई धन्यवाद दिनुभएको छ ।

उक्त सहयोग प्रती आफ्नो धारणा राख्दै विद्यालयका प्रधानाध्यापक दिलकुमार घिसिङले सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा फाउण्डेशनका अध्यक्ष डा. दिलबहादुर थोकरले आगामी दिनमा पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. १ स्थित सञ्जीवनी माध्यमिक विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत ७० जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरिएको हो। कार्यक्रममा डा. विवेक चौधरी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार लामा,संचारकर्मी लगायतले मन्तव्य राख्दै सहयोगी संस्थाप्रति मुलुकमा अवसर नपाएका र सुबिधाबाट बन्चित भएका समुदाय ,भूगोल र सरकारको प्राथमिकतामा नपरेको वर्गमा सदैव कान्छीमाया तामाङ फाउन्डेसनको आँखा परिरहने अपेक्षा सहित संस्थाको उन्नति प्रगतिका साथ धन्यवाद ज्ञापन गरेका छन् ।

यता यसकिसिमको सहयोगले सहयोग प्राप्त गर्ने बिद्यार्थि मात्र नभइ सिङो समाज यो अनुकरणिय कार्यप्रति आभारी भन्न पुगेको छ । यसकिसिमका गतिविधि बिकट कुनाकाप्चामा सरकारि बिधालयप्रतिको घट्दै गएको विश्वाशलाई पुन: जिवित गराउन महत्वोपुर्ण भुमिका रहने र अभिभावकमा सरकारी स्कुल प्रतिको मोह बढ्ने बिश्वाश राख्नु हुन्छ स्वास्थ स्वयं सेविका रसिला मोक्तान लामा वहाँको थप कथन छ – यो सबैको श्रेय भने कै भौतिक पुर्वाधार र संचार कै योगदान हो भन्छु म त किन कि भौतिक पुर्वाधार नहुँदा चाहेर पनि यो विकट बस्तिमा आउन सक्ने कुरै भएन किन कि आफैले भोगेका तिता अनुभव छन, त्यस्तै यदि सामाजिक संजाल र संचारर्कमिले समस्या उजागर नगरिदिएको भए कसरी हाम्रा समस्या कान्छीमाया तामाङ फाउण्डेशन सम्म पुग्थे ? प्रतिप्रश्न गर्नुहुन्छ स्वयंसेविका लामा ।

त्यसैले हाम्रो समृद्धिको मियो भने कै भौतिक पुर्वाधार हो भन्न पछि पर्नु हुन्न स्वयंसेविका लामा ।आज जतिपनी बाहिरी आकर्षण बढेको छ त्यसले आन्तरिक पर्यटनलाई पनि मलजल गरेको छ । त्यसैले सिंगो दोरम्बाका बासिन्दाले अवसरलाई सदुपयोगको भरपुर उपयोग गर्न जरुरी छ ।