logo
२०८३ भाद्र ७, आईतबार |
📰
🔍

रास्वपा नेतृत्वको सरकार ‘निर्वाचित अधिनायकवादतर्फ’ उन्मुख : ज्ञवाली

प्रभातफेरी अनलाइन९ पटक पढिएको | ५९ मिनेट अघि
रास्वपा नेतृत्वको सरकार ‘निर्वाचित अधिनायकवादतर्फ’ उन्मुख : ज्ञवाली

काठमाडौं / नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार ‘निर्वाचित अधिनायकवाद’तर्फ उन्मुख भएको आरोप लगाएका छन्।

‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रियामा बोल्दै ज्ञवालीले ठूलो जनादेशसहित सरकारमा आएको रास्वपाले पछिल्ला पाँच महिनामा देखाएका गतिविधिले अधिनायकवादतर्फ अघि बढेको संकेत गरेको दाबी गरे।

उनले मुलुकको राष्ट्रियता, संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान तथा जनताले लामो संघर्षबाट प्राप्त गरेका लोकतान्त्रिक उपलब्धि संकटमा परेको बताए। राष्ट्रपति संस्थाको महत्व घटाइएको, संसद्लाई अर्थहीन बनाइएको र आफूलाई प्रधानमन्त्री बनाउने दलप्रति समेत सरकारले सरोकार नराखेको उनको आरोप छ।

न्यायालय र अन्य राजनीतिक दलसँग संवाद गर्ने विषयसमेत टाढिँदै गएको तथा सञ्चारमाध्यमलगायतका संस्थालाई किनारा लगाउँदै सरकार ‘बेलगाम घोडाजस्तो’ अधिनायकवादको बाटोतर्फ अघि बढिरहेको ज्ञवालीले टिप्पणी गरे।