प्रभातफेरी अनलाइन१४ पटक पढिएको | २४ मिनेट अघि
काठमाडौं / नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौंको चुनदेवीस्थित पार्टीको संस्थापनइतर समूहको सम्पर्क कार्यालयमा दोस्रोपटक पुगेका छन्।
उपचारपछि सिंगापुरबाट फर्किएका देउवा यसअघि २८ साउनमा उक्त कार्यालय पुगेका थिए। आइतबार आदिवासी जनजाति महासंघले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन उनी पुनः कार्यालय पुगेका हुन्।
२९ साउनमा आयोजित संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई तथा ३१ साउनमा भएको समापन कार्यक्रमलाई देउवाले सम्बोधन गरेका थिए। त्यसयता आफ्नै निवासमा नेता–कार्यकर्तासँग भेटघाट गर्दै आएका देउवा आइतबार पुनः चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेका हुन्।