प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ भाद्र ८, सोमबार
गुल्मी / गुल्मीमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका–४ भाङखर्कका ६५ वर्षीय फटिकबहादुर पुनको सोमबार बिहान मृत्यु भएको हो।
पैदलयात्राका क्रममा अचानक सडकबाट करिब १५० मिटर तल खसेका पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको र थप अनुसन्धान भइरहेको छ।