प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ भाद्र ८, सोमबार
काठमाडौं / नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा भदौ ११ गते ‘महिला उद्यमशीलता सम्मेलन २०८३’ आयोजना हुने भएको छ।
महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धन तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो।
सम्मेलनमा ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी गरिने आयोजक केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जनाएको छ। एकदिने सम्मेलनमा महिला उद्यमीका चुनौती, सम्भावना र अवसरबारे विभिन्न विषयमा छलफलसमेत गरिनेछ।