logo
२०८३ भाद्र ८, सोमबार |
📰
🔍

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

प्रभातफेरी अनलाइन१५ पटक पढिएको | २०८३ भाद्र ८, सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्।

सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ मत परेको छ भने विपक्षमा २२ मत खसेको छ। बहुमत प्राप्त गरेसँगै कार्कीको नेतृत्वमा रहेको प्रदेश सरकारलाई प्रदेश सभाको समर्थन कायम भएको छ।