logo
२०८३ भाद्र ८, सोमबार |
📰
🔍

मुख्यमन्त्री थापामगरको नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश अस्वीकार

प्रभातफेरी अनलाइन१५ पटक पढिएको | २५ मिनेट अघि
मुख्यमन्त्री थापामगरको नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश अस्वीकार

मकवानपुर / बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध उच्च अदालत पाटन, हेटौँडा इजलासमा दायर भएका दुई छुट्टाछुट्टै रिटमा अदालतले निवेदकका पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीश वविता उप्रेतीको एकल इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङ र अधिवक्ता मोहनप्रसाद ढकालले मुख्यमन्त्रीको नियुक्तिविरुद्ध उत्प्रेषण तथा परमादेशको माग गर्दै छुट्टाछुट्टै रिट दायर गरेका थिए।

रिटमा प्रदेश प्रमुखको कार्यालय, बागमती प्रदेशसहित विभिन्न निकाय तथा व्यक्तिलाई विपक्षी बनाइएको छ। निवेदकले माग गरेबमोजिम आदेश जारी हुनुपर्ने वा नपर्ने सम्बन्धमा आधार, प्रमाण र कारण खुलाएर १५ दिनभित्र लिखित जवाफ पेस गर्न अदालतले विपक्षीहरूलाई आदेश दिएको हेटौँडा इजलासका उपरजिष्ट्रार बद्रीप्रसाद लामिछानेले जानकारी दिए।

अदालतले रिटका दुवै पक्षलाई थप छलफलका लागि यही भदौ १० गते उपस्थित हुनसमेत बोलाएको छ।