logo
२०८३ भाद्र ९, मंगलबार |
📰
🔍

गण्डकी सरकारबाट एमालेका मन्त्री फिर्ता हुने

प्रभातफेरी अनलाइन१७ पटक पढिएको | २०८३ भाद्र ९, मंगलबार
गण्डकी सरकारबाट एमालेका मन्त्री फिर्ता हुने

पोखरा / गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको छ।

एमाले संसदीय बोर्डको केही बेरअघि बसेको बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको प्रमुख सचेतक देवका पहारीले जानकारी दिइन्। उनका अनुसार एमालेका मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा बुझाउनेछन्।

राष्ट्रिय स्तरमा नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच सहकार्य भएपछि त्यसको प्रभावस्वरूप गण्डकी प्रदेश सरकारबाट पनि एमाले बाहिरिन लागेको हो।

गण्डकीमा एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री, भीम कार्की कृषि मन्त्री र लक्ष्मणबहादुर पाण्डे स्वास्थ्य मन्त्री छन्।