logo
२०८३ भाद्र ९, मंगलबार |
📰
🔍

संसद्का दुवै सदन आज बस्दै, विभिन्न विधेयकमा छलफल हुने

प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ भाद्र ९, मंगलबार
संसद्का दुवै सदन आज बस्दै, विभिन्न विधेयकमा छलफल हुने

काठमाडौँ / सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। राष्ट्रियसभाको बैठक बिहान १०ः१५ बजे र प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ।

प्रतिनिधिसभामा कानुनमन्त्री सोविता गौतमले नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने तथा मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।

त्यस्तै, समुद्री जैविक विविधता संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता पनि सदनमा पेस हुनेछ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रमसम्बन्धी विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।

राष्ट्रियसभामा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेस गर्नेछन्।