प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ भाद्र १४, आईतबार
काठमाडौं / नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाको बाढीपहिरोसम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै ओलीले विपत्तिलाई साझा दायित्वका रूपमा लिएर समाधानका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए।
उनले यो समय राष्ट्रिय शोक र पीडाको भएकाले उदारता, दृढता र संयमका साथ प्रभावित नागरिकलाई सहयोग गर्न सबैसँग आग्रह गरे।