प्रभातफेरी अनलाइन१३ पटक पढिएको | १ घण्टा अघि
पर्सा / पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको दुधौरा–पिलुवा सडकखण्डमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार दुर्घटनामा जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवाका ५२ वर्षीय देवबहादुर चौरेलको मृत्यु भएको हो। पिलुवाबाट पथलैयातर्फ आउँदै गरेको प्र२–०३–०२२प ९६४५ नम्बरको मोटरसाइकललाई बैजुरा पुलमा निजगढतर्फ जाँदै गरेको ना१अ यु १३४ नम्बरको टिपरले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका चौरेललाई उद्धार गरी वीरगञ्जस्थित बयोधा मेडिसिटी अस्पताल पुर्याइएको थियो। तर, अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मिनबहादुर घलेले जानकारी दिए।
प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।