प्रभातफेरी अनलाइन१६ पटक पढिएको | १ घण्टा अघि
चितवन / नारायणगढ–मुग्लिन सडकअन्तर्गत तुइन खोलामा पहिरो रोकथाम तथा व्यवस्थापनको काम गर्न सोमबार बिहानदेखि सडकखण्ड आंशिक रूपमा बन्द गरिने भएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेको सूचनाअनुसार कृष्णभीरको सडक मर्मतका कारण सवारी आवागमन रोकिएको समयको सदुपयोग गर्दै तुइन खोलामा माथिल्लो भागबाट झर्न सक्ने माटो तथा पहिरो पन्छाउने काम गरिनेछ।
कृष्णभीरमा सडक मर्मत सम्पन्न भई यातायात नियमित नभएसम्म तुइन खोलामा यो काम जारी रहनेछ। कामका क्रममा समय–समयमा सवारीसाधनलाई आवागमनका लागि खुला गरिनेछ।
सूचनाअनुसार सडक बिहान ८–८ः३०, १०ः३०–११, दिउँसो १–१ः३०, ३ः५०–४ बजे र साँझ ६ बजेपछि सञ्चालन हुनेछ। यी समयबाहेक तुइन खोला क्षेत्रमा सवारीसाधन रोकेर पहिरो व्यवस्थापनको काम गरिनेछ।