logo
२०८३ भाद्र २३, मंगलबार |
📰
🔍

काभ्रेमा आत्महत्या न्यूनीकरणदेखि जबरजस्ती करणीविरुद्ध सचेतनामूलक कार्यक्रम

प्रभातफेरी अनलाइन११ पटक पढिएको | १ घण्टा अघि
काभ्रेमा आत्महत्या न्यूनीकरणदेखि जबरजस्ती करणीविरुद्ध सचेतनामूलक कार्यक्रम

काभ्रे / काभ्रेपलाञ्चोकमा जिल्ला प्रहरी कार्यालयको मातहतमा रहेका विभिन्न प्रहरी इकाइहरूले विविध विषयमा समुदाय–प्रहरी साझेदारीअन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन्।

आज मिति २०८३ असार २२ गते जिल्लाका विभिन्न स्थानमा आयोजित कार्यक्रममा आत्महत्या न्यूनीकरण, बहुविवाह, महिला हिंसा, विपद् व्यवस्थापन तथा जबरजस्ती करणीविरुद्ध सचेतना अभिवृद्धि गर्ने उद्देश्यले समुदायलाई जानकारी तथा अभिमुखीकरण प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

कार्यक्रमअन्तर्गत इलाका प्रहरी कार्यालय देबिटारले आत्महत्या न्यूनीकरणसम्बन्धी, प्रहरी चौकी कात्तिकेदेउरालीले बहुविवाहसम्बन्धी, अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङले महिला हिंसासम्बन्धी तथा अस्थायी प्रहरी पोस्ट अट्ठेडाँडाले विपद् व्यवस्थापनसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो।

त्यसैगरी, इलाका प्रहरी कार्यालय बनेपाले जबरजस्ती करणीविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

प्रहरीका अनुसार यस्ता कार्यक्रममार्फत समुदायमा अपराध न्यूनीकरण, सामाजिक विकृति नियन्त्रण, विपद्का समयमा अपनाउनुपर्ने सावधानी तथा नागरिकको सुरक्षा सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ।