logo
२०८३ भाद्र २९, सोमबार |
📰
🔍

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

प्रभातफेरी अनलाइन२६ पटक पढिएको | २०८३ भाद्र २८, आईतबार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

काठमाडौँ / नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने तय भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थित हुन भनिएको छ।